ग्लोबल टिभि
बुधबार, फाल्गुन १२, २०७७
0
एजेन्सी । कोभ्याक्स मार्फत घानामा पहिलोपटक कोरोना भाइरस भ्याक्सिन पठाइएको छ।
विश्व स्वास्थ्य संगठनको उक्त कोभ्याक्स कार्यक्रम विश्वभर समानरुपमा भ्याक्सिन पुर्याउने उद्देश्यका साथ सुरु भएको हो।
यो वर्षको अन्त्यसम्ममा कोभ्याक्सबाट विश्वभर दुई बिलियन भयाक्सिन उपलब्ध गर्ने लक्ष्य लिइएको छ।
कोभ्याक्सबाट घानामा ६ लाख भ्याक्सिन डोज पुगेको हो। जसमा एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले निर्माण गरेको भ्याक्सिन रहेको छ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघले यो कार्यक्रमबाट महामारी अन्त्य हुने दिशा तर्फ उन्मुख हुने बताएका छन्। पहिलो चरणमा गरिब र निम्न आय भएका राष्ट्रहरुमा कोभ्याक्सबाट भ्याक्सिन पठाइनेछ।
घानामा हालसम्म ८० हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण देखिँदा ५८० जनाको मृत्यु भइसकेको छ।
Post Views: 949
Leave a Reply