काठमाडौं । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कोरोना भाइरसबाट ज्यान गुमाउने नागरिकको बिषयमा वास्तविक संख्या नदिएको खुलेको छ । बुधवार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सरकार आफैंले सच्चाएपछि सरकारले भाइरसबाट ज्यान गुमाउने नागरिको संख्या यस अघि बास्तविकता भन्दा कम दिएको तथ्य खुलेको हो । सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याउँदै मृत्यु बुधबार एकै दिन ६१९ जना थप गरेको छ ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
थप ९४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Leave a Reply