ग्लोबल टिभि
0
पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ११ जनाको नमुना परीक्षण गर्दा ५२ महिला र ६० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । तीमध्ये विहीबार ८४ सहित हालसम्म २ लाख ७० हजार २ सय २३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ ।
Post Views: 1,166
Leave a Reply