काठमाण्डौं उपत्यकामा १६ सय ३० जना संक्रमित थपिए
ग्लोबल टिभि
सोमवार, कार्तिक १७, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा २९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३१ सय ५० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ रहेको छ । यसैगरी सोमवार थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।
यसेगरि २४ घण्टामा काठमाण्डौं उपत्यकामा १६ सय ३० जना संक्रमित थपिएका छन् ।
Post Views: 1,504
Leave a Reply