थप ११२ जनामा कोरोना संक्रमण पुष्टि- ४ जनाको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन १४, २०७७      0

नेपालमा पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ भण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

साथै शुक्रबार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *