मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
ग्लोबल टिभि
मङ्लबार, कार्तिक १८, २०७७
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ३१ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३१ सय ४२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ रहेको छ । यसैगरी सोमवार थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
Post Views: 993
Leave a Reply