विरमा डोजर पछि अस्थव्यस्त, विरामीलाई औषधी पाउनै धौधौ

वीरमा विरामीले औषधी कहाँ पाउँछन् ?

 ग्लोबल टिभि      शुक्रबार, अशोज ७, २०७९      0

विनोद/विजय-विर अस्पतालमाकाठमाडाँ महानगरले विहिवार डोजर लगाएपछिको अवस्था भने भद्रगोल देखिएको छ । महानगरले अनधिकृत रुपमासंरचना बनाएको भन्दै डोजर चलाएको थियो । डोजर चलाइएको स्थानमा औषधी पसल संचालनमा थिए । महानगरले डोजर चलाएपछि वीर अस्पतालमा उपचार गराउने विरामीका लागि औषधी किन्ने सेवाग्राही भने मर्कामा परेका छन् । अस्पतालले भने औषधीको अभाव नरहेको दाबी गरेको छ ।

काठमाडौँ महानगरले निरन्तर अनाधिकृत संरचना भत्काइरहेको छ । महानरले विहिवार देशकै ठुलो र पुरानो काठमाडौँ को वीर अस्पतालमा डोजर चलायो । वीरले बनाएको अनाधिकृत संरचना भत्काएपछित्यहाँ रहेका औषधी पसल विस्थापित भएका थिए । वीरमा उपचारमा आउने सेवाग्राहीले भत्काइएका औषधी पसलबाट नियमित रुपमा औषधी किनिरहेका थिए । तर, महानगरले औषधी पसल नै भत्काइदिएपछि नियमित औषधी किन्नेहरु मारमा परेको छन् ।

औषधी पसलको उठिवास भएपछि सेवाग्राहीलाई औषधीको आपुर्ति गर्ने विम्मेवारी वीर अस्पतालको हो । तर, वीर अस्पताल भने महानगरलाई दोष लगाएर सेवाग्राहीको समस्या बाट उम्किन खोजिरहेको छ ।

वीर अस्पताल एउटा त्यस्तो सरकारी अस्पताल हो जसमा देशभरबाट विरामीहरु उपचारका लागि आउने गर्छन् । महिनौ लगाएरउपचारका लागि पालो पर्खिनुपर्नेअस्पतालको फार्मेसी रहेका भवनमा गराइरहेको सेवाग्राहीलाई महानगरको डोजर र अस्पताल प्रशासन नै बाधक बन्दा नागरिकले सास्ति खेप्नु परेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *