डा. केसीको समर्थनमा विरोध प्रदर्शन

 ग्लोबल टिभि      शनिबार, अशोज ८, २०७९      0

असोज ८ –स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

नागरिक अगुवा र डा. केसीको समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटमोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेका छन् ।

धनगढीमा अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । चिकित्सकका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या देखिएको छ ।

आज अनशनको १३ औं दिन हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *