राष्ट्रपति ज्वरोले सिकिस्त, त्रिवि शिक्षण अस्पतालमा उपचार हुदै

 ग्लोबल टिभि           0

असोज २३ –ज्वरो तथा रुघाखोकी कम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छिन् ।

उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।

‘हिजो रातिदेखि ज्वरो, खोकी तथा शरीर दुखाइ बढेको छ । पुनः २४ घण्टाको निगरानीमा राखेपछि मात्रै डिस्चार्ज गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्न सकिने चिकित्सकले बताए ।

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।

१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *