विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नजिक, ब्राजिलमा एकै दिन ८४ हजारमा संक्रमण पुष्टी

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन २९, २०७७      0

लक्ष्मी अधिकारी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ११ करोड ९६ लाख १३ हजार ९ सय ४९ पुगेको छ । वल्ड्रो मिटरले दिएको तथ्यांक अनुसार हालसम्म २६ लाख ५१ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ । कोरोनाका सक्रिय संक्रमितको २ कारेड ६ लाख ९७ हजार २ सय २१ रहेको छ ।
कोरोना महामारीले सबैभन्दा बढी प्रभावित भएको मुलुक संयुक्त राज्य अमेरिका हो । अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड ९९ लाख ९३ हजार ४ सय २३ पुगेको छ । त्यहाँ ५ लाख ४५ हजार ५ सय ४४ जनाले कारोनाकै कारण ज्यान गुमाएका छन् ।

त्यस्तै, कोरोना संक्रमित संख्याको आधारमा दक्षिण अमेरिकी मुलुक ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा केही समयअघि कोरोना नियन्त्रणमा आइसेको भएपनि पुनः कोरोना संक्रमण र मृत्यु हुनकोे संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ८४ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार १ सय ५२ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित थपिएसँगै ब्राजिलमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १ करोड १३ लाख ६८ हजार ३ सय १६ पुगेको छ । त्यहाँ २ लाख ७५ हजार २ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा १ करोड १३ लाख ३३ हजार ७ सय २८ जना कोरोना संक्रमित भइसकेका वल्ड्रोमिटरले देखाएको छ । यस अवधिमा १ लाख ५८ हजार ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । भारत पछि कोरोना संक्रमितको संख्या बढी हुने मुलुक हो–रसिया ।

रसियामा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजार ६ सय १७ पुगेको छ भने ९१ हजार २० जनाले ज्यान गुमाएका छन् ।

गत चैतयता नेपालमा २ लाख ७५ हजार १ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसमा २ लाख ७१ हजार १ सय ७७ जना निको भइसकेका छन् भने ९ सय २९ जना मात्रै सक्रिय संक्रमित छन् । नेपालमा ३ हजार १२ जनाले कारोनाको कारण ज्यान गुमाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *