२४ घण्टामा थपिए ३ हजार ३ सय ९ जना संक्रमित,३८ सय ४४ संक्रमणमुक्त

काठमाण्डौं उपत्यकामा १८ सय ७८ जना थपिए

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक १९, २०७७      0

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १ सय ४४  पीसीआर परीक्षण गर्दा ३ हजार  ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ रहेको छ । यसैगरी बुधवार थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।
काठमाण्डौंमा १५ सय ७०, भक्तपुृरमा १ सय १९, र ललितपुरमा १ सय ७९ गरि उपत्यकामा १८ सय ७८ जना थपिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *