निमोनियाको धेरै जोखिम बालबालिकालाई, यसबाट कस्ता समस्या निम्तन्छ, बच्ने उपाए के हो?

 ग्लोवल टि.भी.      शनिबार, कार्तिक २६, २०७९      0

सुनिता –आज नोभेम्बर १२ तारिख, विश्व निमोनिया दिवस । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष निमोनियाका कारण पाँच वर्ष मुनिका १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ । नेपालमै समेत वार्षिक ५ हजार बालबालिकाको निमोनियाका कारण मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् । निमोनिया ५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुमा बढि देखिने गरेको चिकित्सकहरुको भनाई छ ।

शनिबार विश्व निमोनिया दिवस, विभिन्न कार्यक्रम गरी मनाईएको छ । सन् २००९ देखि विश्व निमोनिया दिवस मनाउन थालिएको हो । निमोनिया छातिमा हुने एक संक्रमण हो जसले फोक्सोमा आक्रमण गर्छ र फोक्सोका कोषहरु सुनिन्छन् जसलाई समयमै उपचार नगर्नाले मृत्युको मुखमा समेत पु¥याउने चिकित्सकहरुको भनाई छ । विशेषगरी ५ वर्ष मुनिका बालबालिकाहरुलाई र ६५ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई वृद्घवृद्घाहरुलाई निमोनिया हुने छातिरोग विशेषज्ञ डाक्टर निरज बम बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष निमोनियाका कारण ५ वर्षमुनिका वार्षिक १६ लाख बालबालिको मृत्यु हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष ५ वर्ष उमेर समुहका जति बालबालिकाहरु अन्य रोग बाट मृत्यु हुन्छ त्यसमा १४ प्रतिशत बालबालिका निमोनिया बाट मृत्यु हुने गरेको विज्ञहरुको भनाई छ । निमोनिया विरुद्घको खोप समयमा नलगाउनाले, जाडोको समयमा काठबाट बालिने आगोले बातावरणमा प्रतिकूल असर पार्नाले र जाडौ मौसममा व्रिकेट बाल्दा समेत मानिसहरुको फोक्सोमा असर पार्नाले निमोनिया हुने बालरोग विशेषज्ञ डाक्टर रुक्मा आचार्य बताउँछिन् ।

दिर्घकालिन रोग भएका व्यक्तिहरुलाई निमोनियाले चाँडै असर गर्ने चिकित्सकहरुको भनाई छ । निमोनिया हुँदा छाति दुख्ने, स्वासप्रश्वासमा समस्या आउने उनीहरु बताउँछन् । निमोनियाबाट बच्नका लागि समय समयमा निमोनिया विरुद्घको खोप लगाउने, लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिने र वातावरण प्रदुषणबाट बच्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *