ढकमक्क काठमाडौं ! (फोटो फिचर)

 ग्लोबल टिभि      बिहिबार, चैत्र ५, २०७७      0

एलिना के सी  । जाडोयाम अर्थात् शिशिर ऋतुको बिदाई र बसन्त ऋतुको आगमन । काठमाडौंका सडक छेउछाउ ढकमक्क फूलेका फूलहरुले यसको झल्को दिइरहेका छन् ।


बसन्त ऋतुलाई स्वागत गर्दा सडक र खोला किनार अनी पार्कहरुमा चेरी, आरु लगायतका फूलले रंगिन्छन् ।

चैत महिनाको सुरुवाती दिन, गर्मी बढ्दै गएको छ । रंगी विरंगी फूलका थुङ्गा र बास्नाले भने बटुवा र पैदल यात्रीको मन शान्त अनि प्रफुल्लित बनाइदिएको छ ।


प्राय धुलाम्मे र फोहरका कारण चर्चामा रहने काठमाडौं यतिवेला भने बसन्तको उन्मादमा छ ।

। सडक तिर झरेका गुलाबी फूलको आयु जति नै छोटो भए पनि तिनले दिएको सुन्दरता अविष्मरणीय छ । प्रकृति प्रेमीका लागि शहरको सौन्दर्य फर्किएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *