लक्ष्मी अधिकारी, काठमाडौं । सरकारले नीजि क्षेत्रलाई कोरोना विरुद्धको खोप ल्याउन अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागले खोप आयात गर्न चाहने कम्पनी तथा फर्मलाई चैत्र ७ गते भित्र आवेदन दिन भनेको छ । यसरी खोप आयात गर्न चाहने कम्पनीले वढीमा दश प्रतिशत मुनाफा लिन पाउने छन् ।
पुस २० गते मन्त्रिपरिषदले स्वीकृत गरेको खोप प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्रमा एक्स–फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्क समेत विश्लेषण गरि आयात गर्ने कम्पनीले बढीमा १० प्रतिशत मुनाफा लिन पाउने व्यवस्था रहेको औषधि व्यवस्था विभागका सुचना अधिकृत सन्तोष केसीले जानकारी दिए ।
केसीका अनुसार आवेदन दिदा एक पटकमा आपूर्ति गर्न सकिने परिमाण र सो को लागि लाग्ने समय पनि खुलाउनु पर्ने छ । हालसम्म विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड एष्ट्रजेनेका, कोभिशिल्ड, फाइजर, आइएनएन लगायतका खोपलाई आपत्कालिन अनुमति दिएको छ । डब्ल्यूएचओद्वारा अनुमति प्राप्त यी खोप आयातका लागि आवेदन प्राप्त भएमा विभागले दर्ता÷आयात अनुमति प्रदान गर्न सकिने बताएको छ ।
नेपालमा गत माग १४ गते देखि सन्चालित खोप अभियान मार्फत १६ लाख ४४ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । तर अहिले भने कोरोना विरुद्धको खोप अभियान खोप अभावका कारण चैत्र ३ गते देखि स्थगित भएको छ ।
Leave a Reply