ग्लोबल टिभि
0
नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको हो । आज कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १६ पुगेको छ ।
त्यस्तै, थप १२३ जनाले कोरोनालाई पराजित गरेका छन् । यससंगै हालसम्म २ लाख ७१ हजार ७३३ जना कोरोनामुक्त भएका छन् । अहिले एक हजार १ जना आइशोलेशनमा र ५१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।
Post Views: 1,007
Leave a Reply