खोप अभाव : निजी क्षेत्रले थाल्यो आयात प्रकृया

 ग्लोबल टिभि           0

लक्ष्मी अधिकारी । सरकारले भारतीय खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोना विरुद्धको यो खोपलाई औषधी व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो । विभागका सूचना अधिकृत सन्तोष केसीका अनुसार कोभ्याक्सिन भारत लगायतका केही मुलुकमा प्रयोग भैरहेको छ । नीजि क्षेत्रबाट समेत कोभ्याक्सिन खरिद गरेर ल्याउने तयारी भैरहेको छ । विभागले केही समय अघि सूचना जारी गरी खोप ल्याउन निजी क्षेत्रलाई अनुमति दिएको हो । भारत सरकारका तर्फवाट अनुदानमा प्राप्त हुने वा नहुने भन्ने अन्यौल भएकाले नीजि क्षेत्रलाई आयात अनुमति दिएको विभागको भनाई छ ।

भारतको बायोटेकले तेस्रो चरणको क्लिनिकल ट्रायल पछि कोभ्याक्सिन खोपको प्रभावकारीता ८१ प्रतिशत रहेको दावी गरेको छ । कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिनेछ । खोप भन्डारण गर्न निजीक्षेत्र सक्षम रहेकोे नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताए । श्रेष्ठले भने– सबै प्रकृया पुरा भएको १५ देखी २० दिनमा खोप ल्याउने प्रयासमा छौ । राज्यले जी टु जी खरीद गर्न खोज्दा समेत पाएको छैन, माग बढी छ आपूर्ति कम छ ।
कोरोना विरुद्धको खोप कोभ्याक्सिन पनि दुई मात्रामा लगाउनु पर्ने हुन्छ । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनु पर्ने विभागको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *