भारतमा संक्रमित बढेपछि नेपालमा पनि सतर्कता अपनाउन आग्रह

सभा, गोष्ठी, जुलुस, भेला, जमघट, सेमिनार नगर्न निर्देशन

 ग्लोवल टि.भी.      आइतवार, चैत्र ८, २०७७      0

छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपाल सरकारले पनि स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो ।

नेपालमा समेत संक्रमण बढ्न सक्ने भन्दै मन्त्रालयले सभा, गोष्ठी, जुलुस, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायिक कार्यहरु नगर्ने आग्रह गरेको छ । साथै सामाजिक–भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि विज्ञप्तीमा भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *