ग्लोबल टिभि
सोमवार, चैत्र ९, २०७७
0
नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको हो । आज कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १९ पुगेको छ ।
त्यस्तै, थप ९९ जनाले कोरोनालाई पराजित गरेका छन् । यससंगै हालसम्म २ लाख ७२ हजार ३० जना कोरोनामुक्त भएका छन् । अहिले एक हजार १७ जना आइशोलेशनमा र ५१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।
Post Views: 1,333
Leave a Reply