ग्लोबल टिभि
शुक्रबार, चैत्र १३, २०७७
0
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरुका सय दिनभित्रै २० करोड व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिने प्रतिबद्धता जनाएका छन् ।
ह्वाइट हाउस आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनभित्र २० करोड व्यक्तिलाई खोप लगाइसक्ने लक्ष्य रहेको जानकारी दिएका हुन् ।
ठूलो संख्यालाई कोरोना विरुद्धको खोप लगाउने योजना महत्वाकाङ्क्षी देखिएपनि लक्ष्य पूरा हुने उनको दाबी छ । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
Post Views: 1,666
Leave a Reply