थप ८५ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

 ग्लोबल टिभि      शनिबार, चैत्र १४, २०७७      0

नेपालमा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको हो ।

आज कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ । त्यस्तै, थप ९३ जनाले कोरोनालाई पराजित गरेका छन् । यससंगै हालसम्म २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनामुक्त भएका छन् । अहिले एक हजार २ सय ८८ जना आइशोलेशनमा र ५९ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *