धरानमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक २०, २०७७      0

काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेका मोरङका ५९ वर्षीय एक पुरुष र सप्तरीका दुई जना रहेका छन् ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका मोरङका पुरुषमा उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालले जनाएको छ । त्यस्तै, राजविराज– १ सप्तरीकी २३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको उनमा रक्त अल्पतालगायतको समस्या रहेको थियो ।

त्यसैगरी राजविराज– ८ सप्तरीका अर्का एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *