चीनबाट अनुदानमा प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहकालाई दिइने

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

काठमाडौं । उत्तरी छिमेकी देश चीन सरकारले नेपालका लागि अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप ४० देखि ५१ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाइने भएको छ । चीनबाट अनुदानमा प्राप्त खोप कस्लाई लगाउने भन्ने अन्यौलका बीच सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए ।

उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने प्रवत्ता गौतमको भनाइ छ । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो।

चीन सरकारले उपलब्ध गराएको आठ लाख मात्रा भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो।

नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ।

सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

कोभिड–१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय गरेको छ।

काठमाडौं भित्रनेको स्वास्थ्य जाँच र एन्टिजेन्ट परीक्षण

यस्तै कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा स्वास्थ्य जाँच गर्ने भएको छ ।

मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *