स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन सुरु

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

डम्बर चौलागाईं, दोलखा । दोलखा जिल्लाको नौवटै स्थानीयतहमा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले ७७ वटै जिल्लाका सबै स्थानीयतह तथा वडामा स्वास्थ बीमा कार्यक्रम पुर्याउने निर्णय गरेसंगै जिल्लाका स्थानीयतह अहिले बीमा कार्यक्रमको तयारीमा जुटेका हुन् । यही चैत २५ गतेदेखि वडा–वडामा बीमा कार्यक्रम लैजाने तयारी भइरहेको छ । दोलखामा दुई नगरपालिका र सात गाउँपालिका गरि ९ वटै स्थानीय तहका ७४ वडामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा लैजाने लिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ ।

गाउँमा जीवन बीमाको फाइदाबारे जनचेतना फैलाउने काम भैरहेको छ । कतिपय गाउँपालिकाले त अभिमुखीकरण कार्यक्रम नै सम्पन्न गरिसकेका छन् । सरकारले ‘तपाईंको स्वास्थ, हाम्रो अठोट’ भन्ने नाराका साथ २०७२ साल चैत २५ गते स्वास्थ बीमा कार्यक्रम सुरु गरेको थियो । अहिले ६९ जिल्लामा यो कार्यक्रम संचालनमा छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेले पाँच जना सदस्य सहितको परिवारले वर्षेनी ३ हजार ५ सय रुपैयाँ र अतिरिक्त सदस्यले थप ७ सय रुपैयाँ भुक्तान गर्नुपर्ने हुन्छ । बीमा परिचयपत्रको आधारमा सदस्यले तोकेको कुनै पनि अस्पतालबाट वार्षिक २० हजार देखि २ लाख रुपैयाँ सम्मका ेअस्पताल भर्ना, ओपीडी सेवा, इर्मजेन्सि, ल्याव उपचार, औषधी, फार्मेसी परामर्श लगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *