डम्बर चौलागाईं, दोलखा। दोलखा नौवटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ। सरकारले ७७ वटा जिल्लाका सबै स्थानीय तह तथा वडामा स्वास्थ्य बीमा कार्यक्रम पुर्याउने निर्णय गरेसंगै दोलखाका स्थानीयतहहरु पनि अहिले बीमा कार्यक्रमको तयारीमा जुटेका हुन्।
जिल्लामा चैत २५ गतेदेखि प्रत्येक स्थानीय तहका वडा – वडामा बीमा कार्यक्रम लैजाने तयारी भइरहेको छ।हिमाली जिल्ला दोलखामा दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटै स्थानीय तहका ७४ वटा वडामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।
सरकारको निर्णय अनुसार बीमा कार्यालय स्थानीय तहका टोलटोलमा पुर्याउने लक्ष्य राखेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए। गाउँमा जीवन बीमा गर्दा हुने फाइदा तथा बीमा नगर्दा हुने घाटा सम्बन्धि चेतना फैलाउदै स्वास्थ बीमा सम्बन्धि गाउँघरका जनतालाई जानकारी गराउन सहयोगी दर्ताकर्ता राख्न लागिएको उनले बताए।
बैतेश्वर गाउँपालिकाले स्वस्थ्य बीमा कार्यक्रमको लागी बीमा सहजकर्ता तथा दर्ता सहयोगी कर्ताको रूपमा एक जनालाई छनोट गर्न माग गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बाबुलाल तामाङले जानकारी दिए। आठ वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा एक जना तालिम प्राप्त सहयोगी दर्ता कर्ता राख्ने तयारी गरेको तामाङले बताए। स्वास्थ्य बीमाको लागि गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम समेत गरेको उनले जानकारी दिए।
गाउँपालिकाले सोमबार स्वस्थ्य बीमा कार्यक्रम लागु गर्न सोमबार बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ। नेपाल सरकार स्वास्थ बीमा बोर्ड,टेकु काठमाडौ र वैतेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार स्वास्थ बिमा कार्यक्रम आधारित अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरु र शाखा प्रमुखहरु,स्वास्थ्य चौकी ईन्चार्जहरु, वडा सचिव लगायतलाई सहभागी गराएर बीमा कार्यक्रम जानकारी दिएर मंगलबार देखी स्वास्थ बीमा सहयोग एक जना दर्ताकर्ता माग गरिएको स्वास्थ्य प्रमुख तामाङले जानकारी दिए। तपाईंको स्वास्थ्य, हाम्रो अठोट भन्ने मुल नाराका साथ २०७२ साल चैत २५ गते सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल नेपालका ६९ जिल्लामा संचालन भएको छ ।
८ जिल्ला बाकी रहेकोमा काठमाडौ र ललितपुर बाहेक दोलखा जिल्ला सहित ६ जिल्लामा यहि चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू हुदैछ। स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेले पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने छ। त्यस्तै अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने छ ।
बीमा परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले तोकेको कुनै पनि अस्पतालबाट वार्षिक २० हजार देखि २ लाख रुपैयाँ सम्मकोअस्पताल भर्ना,ओपीडी सेवा, इर्मजेन्सि,ल्याब उपचार,औषधि,फार्मेसी परामर्श लगायतका उपचार सेवा प्राप्त गर्न सक्नेछन्।त्यसैगरी जिल्लाका अन्य स्थानीय तहले पनि २५ गते देखी स्वास्थ बिमाकार्यक्रम सुरु गर्ने तयारी भैइरहेको बताएका छन्।
Leave a Reply