स्वास्थ्यकर्मी पर्याप्त नहुँदा परीक्षणमा कठिनाइ
नेपालमा कोरोनाका सक्रिय संक्रमित बढ्दै गएका छन् । भारतमा कोरोना संक्रमित बढेपछि प्रदेश सरकारले विभिन्न स्थानमा लक डाउन गरेको छ भने कतिपय स्थानमा कफ्र्यु समेत लगाएको छ । जसका कारण रोजगारीका सिलसिलामा भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ । भारतबाट नेपाल फर्किनेहरुको संख्या बढ्दै गएपछि कोरोनाका सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।
खुला सिमाका कारण कति नेपाली फर्किएका छन् एकिन तथ्याङ छैन । सिमामा चेकजाँच व्यवस्थित हुन नसक्दा पनि नेपालमा कोरोना संक्रमण जोखिम बढाएको छ ।
आईतबार कन्चनपुरको सीमा नाका गण्डाचौकीबाट ७ सय ३९ जना र गौरीफन्टा नाकाबाट ८ सय ६५ जना नेपाल भित्रिएका छन् । गौरीफन्टा सीमानाका भएर फर्केका ८ सय ४५ व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ३६ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी राम कुमार महत्तोले जानकारी दिए ।
एन्टीजेन पोजेटिभ आएका सबै जनालाई आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको बताइएको छ । तर, स्वास्थ्यकर्मीको संख्या थोरै हुँदा परिक्षण प्रभावकारी हुन सकेको छैन ।
Leave a Reply