ग्लोबल टिभि
0
काठमाण्डौं । अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् ।
उनको टिम अहिले चलचित्रको प्रि प्रोडक्सनमा व्यस्त छ । सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको यो चलचित्रको नाम भने अहिलेसम्म घोषणा भइसकेको छैन । यो चलचित्र आगामी वर्षको दशैँमा प्रदर्शन गर्ने गरी रेखाले तयारी थालेको बुझिएको छ । कुरा रेखाको चलचित्रको बारे गर्न खोजिएको होइन ।
चलचित्र बजारमा रेखाको बारे एउटा हल्लाले तरंग सिर्जना गरेको छ । छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै मसला मिडियामा आएको छैन ।
तर, अहिले आएको हल्ला साँचो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् । रेखाले चलचित्र क्षेत्रभन्दा थोरै बाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेका छन् ।
Post Views: 1,326
Leave a Reply