चलचित्र छायाङ्कनको तिहारलगत्तै अनुमति दिन आग्रह

 ग्लोबल टिभि      बिहिबार, कार्तिक २७, २०७७      0

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायाँकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायाँकन र हल खोल्ने अनुमति दिन माग गरेको हो ।

लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताए । सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उनले बताए । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताए ।

अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रीत १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उनले बताए । धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलाउन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

अहिले लकडाउन खुकुलो भएपनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन् । पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर पनि बढीरहेको छ । नेपालमा २ लाख बढीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *