‘सतीदेवी’ साउन ४ देखि प्रदर्शनमा आउने

 ग्लोबल टिभि           0

बैशाख २५ –  लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको सामाजिक कथानक फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म साउन ४ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको हो।

नारीप्रधान यस फिल्मको मुख्य भूमिकामा अभिनेत्री मलिका महत छिन्। साथमा रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बाँनिया, सुजिता शिवाकोटीलगायत कलाकारहरूको अभिनय छ।  दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन्।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियसन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा र संवाद छ। बाबु श्रेष्ठले छायांकन रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन्।

फिल्मले यसअघि केही चलचित्र महोत्सवमा अवार्ड समेत पाइसकेको छ। उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले फिल्मलाई वितरण गर्नेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *