ग्लोबल टिभि
0
जेठ १३ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ नामक गीति एल्बम लोकार्पण गरिएको छ ।
ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगमले सो एल्बम सार्वजनिक गरेका हुन् । सो एल्मबमा जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् ।
ती गीतहरुमा गायक बिनोद राई, राज सिग्देल, रवि ओड, रुपक चौधरी र संगीता शाक्य थापाको स्वर रहेको छ । त्यस्तै, महेश खड्का, सुनील मास्के, सुदेश शर्माको संगीत रहेको छ ।
कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटा गरेका थिए । कार्यक्रममा न्याय र राजनीति क्षेत्रका विशष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।
Post Views: 307
Leave a Reply