कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’को लोकार्पण

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २०, २०८१      0

जेठ २० – कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गरेका छन् ।

कृतिकार २०२२ सालदेखि साहित्यमार्फत नेपाल भाषा आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका थिए । संग्रहमा ४२ वटा कविता छन् । कृतिमाथि समालोचक पूर्ण ताम्राकारले टिप्पणी गरे ।

बज्रराज शाक्य र डा. सुन्दरकृष्ण जोशीले कृतिकारको जीवनी र लेखनको विषयवस्तुबारे चर्चा गरे । कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न गायिका रिता महर्जन लगायतले गायन प्रस्तुत गरेका थिए । अन्जना ताम्राकार, दिव्या ताम्राकार, सुलोचना सैंजु, अन्तर्राष्ट्रिय कवि भगतदास श्रेष्ठलगायत साहित्यकारले कविता प्रस्तुत गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *