आजदेखि ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २५, २०८१      0

जेठ २५ –  आज (शुक्रबार)देखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’ रिलिज भएका हुन्।

विश्वका थुप्रै प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेपछि घरेलु दर्शकमाझ आएको ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्।

पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बाँसको चोयाको काम गर्ने माइलाको परिवारमा नव निर्मित बाटोले ल्याएको उतार–चढावको कथा फिल्मले प्रस्तुत गर्छ।

महेश राईको कथा, उनी र निर्देशक सुब्बाको पटकथा लेखन रहेको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको हो। आमोद राई र निर्देशक सुब्बा यसका निर्माता हुन्।

त्यस्तै, ‘लण्डन टु पेरिस’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का र गरिमा शर्माको मुख्य अभिनय छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *