‘पेन्सनपट्टा’ फिल्मको तयारीमा गुरुङ

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २९, २०८१      0

जेठ २९ – डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ हिट भएपछि निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ प्रोजेक्टको तयारीमा छन् । उनले आगामी फिल्म ‘पेन्सनपट्टा’को घोषणा गरेका छन् । मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने फिल्मका कलाकार भने तय भइसकेका छैन ।

शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्मले लोभी केटाको कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए । ‘एउटा लोभी केटा कसरी दानी बन्छ भन्ने कुरा यसमा हुनेछ,’ उनले भने ।

माओत्से पछिल्लो समय नेपाली फिल्ममा चरित्र अभिनेताको रूपमा निकै व्यस्त हुनुहुन्छ । उनि हाल ‘पूर्णबहादुरको सारङ्गी’ नामक फिल्मको सुटिङ व्यस्त भएका छन् । उनले ७ गुरुङ फिल्म समेत निर्देशन गरेका छन् । उनले  केही महिना अघि रिजिल भएको नेपाली फिल्म ‘दयारानी’ बाट निर्देशनमा डेब्यू गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *