‘ह्रस्व दीर्घ’बाट नीताको लुक्स सार्वजनिक

 ग्लोबल टिभि      बुधबार, जेष्ठ ३०, २०८१      0

जेठ ३० –  अभिनेत्री नीता ढुंगानाको मुख्य भुमिका रहेको सिनेमा ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ ।

सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ ।

असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय नेपाली सिनेमा हो । उनले यसअघि केही भोजपुरी सिनेमाको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली सिनेमा क्षेत्रमा द्धन्द्व निर्देशकको रुपमा स्थापित थिए ।

सिनेमामा नेपाली र दक्षिण भारतीय सिनेमाका चर्चित कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ ।

हरिहर अधिकारीको कथा लेखन रहेको सिनेमालाई भारतीय छायांकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड सिनेमा खिचेका छन् । सिनेमाको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । सिनेमामा मित्र डि गुरुङको सम्पादन तथा रामजी लामिछाने र बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *