चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

 ग्लोबल टिभि           0

असार २४ – शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिनुका साथै चलचित्रले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो । सन् २००१ देखि म्युजिक भिडियो र वृत्तचित्र सम्पादन एवम् निर्देशन गर्दै आएका निर्देशक कोइरालाको ‘मोदीबेनी’ पहिलो चलचित्र निर्देशन हो । निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ रहनुभएको उक्त चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी र अमरप्रताप श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् ।

निर्देशक कोइरालाले चलचित्रमा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए। “सार्वजनिक गीत मन्जुरीमा वर्षा र अमरको प्रेम अङ्कुरणको प्रसङ्गलाई चर्चा गरिएको छ”, उहाँले भन्नुभयो । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको उक्त गीतको सङ्गीत गायक एसडीले गरेको छन् । राम अविरल विष्टले शब्द रचना गर्नुभएको छ भने सङ्गीत निर्मातामा रिकेश गुरुङ रहेका  छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *