कान्तिपुर दैनिकका चलचित्र पत्रकार गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ५, २०७७      0

सोमबार मस्तिष्कको नशामा समस्या देखिएपछि गोकर्णलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । शल्यक्रियापछि उनको निधन भएको हो ।

कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रमा लामो समयदेखि निडर भएर गौतमले कलम चलाएको उल्लेख छ ।

३१ बर्षका गौतमको निधनले सिंगो पत्रकासिरता क्षेत्रमा अपुरणिय क्षती पुगेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । निष्पक्ष रुपमा कलम चलाउँदै आएका गौतमको निधनमा चलचित्रकर्मी, पत्रकारहरुले पनि शोक व्यक्त गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *