बिहानी एफसीको संचालकमा विनोद बिष्ट

 ग्लोबल टिभि           0

माघ २२-  बिहानी एफसीको संचालकको जिम्मेवारी विनोद बिष्टले पाएका छन् । कर्मभूमी जापान बनाएका विनोदले क्लवको संचालकको जिम्मेवारी पाएको बताएका छन् ।
अङ्ग्रेजी मिति सन् २०१८ मा स्थापना भएको क्लबले विभिन्न खेलकुद सम्बन्धि गतिविधि गर्दै आएको थियो । विभिन्न कारणले सन २०२१ देखि २०२४ सम्म सक्रिय बन्न नसकेको क्लबलाई निरन्तरता दिने उदेश्यले जिम्मेवारीमा आएको संचालक विनोदले बताएका छन् ।
क्लवको स्थापना कालमा संचालकको रुपमा दुर्लभ सारु मगरले काम गर्दै आएका थिए । दुर्लभ अहिलेपनि क्लबको संरक्षकका रुपमा रहेका छन् ।

क्लबको नयाँ संचालक बनेका विनोदले आर्थिक, भौतिक र नैतिक रुपमा समर्थन गर्ने आह्वान गरेका छन् । साथै संचालक विनोदले फुटबल र क्रिकेटलगायत विभिन्न खेलकुदका विषयमा गहन अध्ययन गरी दर्शकहरूलाई जानकारी दिने उद्देश्य राखेको बताएका छन् ।
उनले विशेष रूपमा नेपाली खेलकुदको इतिहास, अन्तर्राष्ट्रिय फुटबल लिग, र क्रिकेट वल्र्डकपजस्ता चर्चित विषयवस्तु समेटिने र खेलको शैली, तिनको महत्वसमेत दर्शाउनुका साथै खेलकुदमा रुचि राख्ने युवाहरूलाई ज्ञान प्रदान गर्ने प्रयास गरिने बताएका छन् ।
यसका अलवा क्लबले नेपाली युवामा खेलकुदप्रतिको जागरण र उत्साह जगाउने लक्ष्य राखेका छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *