चलचित्र ‘तीनतारा’को छायाङ्कन सम्पन्न

 ग्लोबल टिभि           0

४ फागुन –  माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्र तीनताराको छायाङ्कन सम्पन्न भएको छ ।
मोरङ र सुनसरीका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइनेछ । जीवन दाहालको पहिलो निर्देशनमा बनेको उक्त चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीन चन्द्र अर्याल, सबिन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।

निर्देशक दाहाल आफैँले लेखेको कथाले मित्रताको महत्त्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ । फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको चलचित्रको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । चलचित्रको निर्माण टोलीले चाँडै नै प्रदर्शन मिति घोषणा गर्ने जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *