बन्द भयो चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’

 ग्लोबल टिभि           0

चैत ७- चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो ।

चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले बताए । तेस्रो सिजनबाट धेरै सिक्ने अवसर मिलेको र चौथो सिजनलाई अझ परिष्कृत बनाउने उनको धारणा छ ।

‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो । ग्रामीण परिवेशका कथाहरूलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै आएको छ । जेपीटी क्रिएसनले निर्माण गरेको ‘सक्किगोनि’बन्द भएपनि यही टिमको कथानक फिल्म ‘लाज शरणम्अ’हिले हलमा प्रदर्शनरत छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *