बालिका वधुकी अभिनेत्री सुरेखाको निधन

 ग्लोबल टिभि           0

चर्चित अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको छ।

उनको मस्तिष्कमा रगत जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो ।

युपीमा जन्मिएकी सुरेखाले सन् १९७१ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।सुरेखाले भारतीय फिल्म क्षेत्रमा ५० वर्ष बिताइन् ।

फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *