पदयात्रा खुलाउन ट्रेकिङ व्यवसायीको माग

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

ट्रेकिङ व्यवसायीले पदयात्रा पर्यटन खुला गर्न माग गरेका छन् ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा उनीहरूले कोरोना संक्रमणको जोखिम कम हुँदै गएको भन्दै पदयात्रा पर्यटन खुला गर्न माग गरेका हुन् । ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए ।

नेपालमा कोरोना संक्रमणको दर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन् । सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने उनीरूको भनाइ छ ।

पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्नुपरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *