मोडल रामशरणले ल्याए ‘सँगसँगै बसेर रुन मन छ’ (भिडियो सहित)

 ग्लोवल टि.भी.      आइतवार, अशोज १०, २०७८      0

काठमाडौं । मोडल रामशरण श्रेष्ठ अभिनित नेपाली आधुनिक गीत ‘सँगसँगै बसेर रुन मन छ’ बजारमा आएको छ ।

मौलिक शैलीमा तयार गरिएको योगीतमा श्रेष्ठसँगै मोडल सारिका केसीले मुख्य भूमिकामा अभिनय गरेका छन् । गीतमा समीक्षा अधिकारी र बद्री श्रेष्ठले स्वर दिएका छन् भने बद्री श्रेष्ठले संगीत भरेका छन् । गीत रोम श्रेष्ठले लेखेका हुन् ।

म्यूजिक भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेकीछिन् । म्युजिक भिडियोमा मोडल श्रेष्ठ र केसीबीच गहिरो माया बसेको देखाइएको छ । गीतमा मोडल श्रेष्ठ र केसीबीच अन्तरजातीय प्रेमसम्बन्ध भएको र उनीहरुको सम्बन्धलाई परिवारले स्वीकार नगरेको प्रसंग देखाइएको छ । भागेर विवाह गरी उनीहरूले प्रेम सफल पारेको भिडियोमा देख्न सकिन्छ ।

गीतको कोरियोग्राफी र छायांकन सन्तोष तिमल्सिनाले गरेका छन् । गीतको भिडियो सम्पादन मिन रावललेगरेका छन् । आरब प्रोडक्सनको प्रस्तुतिमा बनेको यो गीतको भिडियो पे्रयसी म्यूजिकको अफिसियल युट्युबबाट सार्वजानिक भएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *