डा. गोविन्द आचार्यलाई उत्सर्ग संगीत पुरस्कार प्रदान गरिने

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक २४, २०७८      0

दाङ,कार्तिक २४गते । उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार रुपैयाँ राशीको सो पुरस्कार मंसिर २५ गते दाङमा हुने उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका डा. आचार्यले लोक, आधुनिक र दोहोरी गीत गरी दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् भने झण्डै पाँच दर्जन गीतमा संगीत गरेका छन् ।
डा. आचार्यका ‘आँखी लाउने गाजलु’, ‘देउरालीको डाँडाबाट कल्ले बोलायो’, ‘माया लाउँ त मायालु पाइन’, ‘बिर्स्यौ कि मायालु काफल खाएको’ लगायतका गीत लोकप्रिय छन् ।

यसैगरी उनले संगीत भरेका यम बरालको स्वर रहेको ‘मरेको लास नराख घरमा’, लोचन भट्टराईको स्वर रहेको ‘म तड्पिएको हेर्ने हौ भने’ र दीपक लिम्बुको स्वर रहेको ‘सुनगाभा सरी’ रुचाइएका गीत हुन् ।
आचार्य नेपालमा लोकगीतमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । उनले नेपालका विभिन्न जाति समुदायका ७ सय गीत संकलन तथा विश्लेषण गरेका छन् । उनका लोकसाहित्य तथा लोकसंस्कृति सम्बन्धी एक दर्जन पुस्तक प्रकाशित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *