रेश्मा बमजनको नयाँ सेलो ‘मूगाको माला’ (भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, पुस १५, २०७८      0

१५ पुष काठमाडौं
गायिका रेश्मा बमजनको नयाँ सेलो म्युजिक भिडियो ‘मूगाको माला’ बजारमा आएको छ । बुधबार नयाँ बानेश्वरमा एका कार्यक्रमबीच सार्वजनिक भएको हो ।
बमजनको स्वरमा रहेको गीतमा शब्द कुमार स्याङ्बा, सङ्गीत चन्द्रकुमार दोङ, एरेन्ज फणीन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
युवराज वाईबाको निर्देशनमा तयार पारिएको भिडियोमा सागर प्रधानले छायाङ्कन र विकेश दाहालले सम्पादन गरेका छन् । भिडियोमा निरान्जली, कुन्सङ र रजनीले फिचरिङ गरेका छन् ।

सेलो गीत सङ्गीतको क्षेत्रमा एउटा कोसेली थपेको गायिका बमजनले बताइन् । पद्मकन्या क्याम्पसबाट बिम्युज गरेकी गायिका बमजनले यसअघि यो कान्छीको, के सारो हेरेको, डम्फु र सेलो, सोल्टिनी मैच्याङ, तामाङकी चेली, गोरी गोरी मैच्याङ‘, अम्मैले होइ‘लगायतका गीतहरूमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *