नेपाल मिडिया अवार्ड’को मनोनयन सार्वजनिक ,२०विधामा अवार्ड प्रदान गरिने

 ग्लोवल टि.भी.      बिहिबार, पुस २२, २०७८      0

काठमाडौं ,पुस २२गते। यही पुस २४ गते आयोजना हुन लागेको ‘एलआईसी नेपाल मिडिया अवार्ड-२०७८’को मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौंको सोल्टी होटलमा हुने समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने ड्रिम हाई नेपालका निर्देशक कमल जीसीले जानकारी दिए ।
नेपाली सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जीसीले बताए । कार्यक्रममा वरिष्ठ टेलिभिजनकर्मी तथा कलाकार नीर शाह, वरिष्ठ पत्रकार भैरव रिसाल र किशोर नेपाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

टेलिभिजन, छापा, रेडियो र अनलाइन सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिको आधारमा मनोनयन सार्वजनिक गरिएको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *