थप ४४५ जनामा कोरोना पुष्टि

 ग्लोबल टिभि           0

नेपालमा बुधबार थप ४४५ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गौतमका अनुसार काठमाडौंमा १ हजार ७ सय ९, भक्तपुरमा १९ र ललितपुरमा ३९ जनामा समेत कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ ।

थप ४१४ संक्रमित निको हँुदा हालसम्म नेपालमा २ लाख ५९ हजार ७७२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हाल चार हजार ४ सय ३४ जना आइशोलेशनमा छन् भने २३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ वटा पिसिआर गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *