चेलीबेटी बेचबिखन विरुद्ध सचेतना जोगाउने गीत (कर्कलो कोक्याउला)गीतको अडियोभिडियो प्रहरीलाई हस्तान्तरण

 ग्लोबल टिभि           0

काठमाडौं,माघ १७गते। हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ। उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन्।
समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रम भइरहेका छन्। गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ।

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्यदृश्य सामग्रीलाई प्रहरी कार्यालयले आआफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने बताइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *