बलिउडको सबैभन्दा चर्चित जोडी आलिया र रणवीरले गरे विवाह

 ग्लोबल टिभि      बिहिबार, बैशाख १, २०७९      0

एजेन्सी । बलिउडको सबैभन्दा चर्चित जोडी अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले विवाह गरेका छन् ।

बिहिबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र केही नजिकका साथीको उपस्थितिमा उनीहरुको विवाह भएको हो । हिन्दु रीतिरिवाज अनुसार उनीहरुको विवाह समारोहको आयोजना भएको थियो ।

उनीहरुलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना सामाजिक संजाल मार्फत प्राप्त भइरहेको छ । भौतिक शरिरमा नरहेका ऋषिको विवाह समारोहमा तस्बिर मार्फत उपस्थिती जनाइएको हो ।

आलिया र रणवीरको विवाह ४ पण्डितले गराएका थिए । उनीहरुले लिने ७ फेरोका लागि गाँठो बाध्ने काम करण जौहरले गरेका थिए । ७ फेरो अगाडि गायत्री मन्त्र समेत सुनाइएको थियो ।

विवाह समारोहमा निर्देशक आयान मुखर्जी, अमिताभ बच्चनकी नातिनी नब्या नवेली, करीना कपुर खान, सैफ अलि खान, करिस्मा कपुर, महेश मट्ट, पूजा भट्ट, आकांशा रन्जन कपुर, लगायत थुप्रै सेलिब्रेटीको उपस्थिती रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *