‘कबड्डी’ श्रृंखलाको नयाँ फिल्म ‘मास्टर बमकाजी’

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १३, २०७९      0

जेठ १३- शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी–४ ‘द फाइनल म्याच’को प्रिमियर बिहीबार आयोजना गरिएको थियो।

फिल्मको इण्ड क्रेडिटमा भने अनपेक्षित प्रसंग दर्शकले देख्न पाए। त्यो थियो ‘कबड्डी’ श्रृंखलाको नयाँ फिल्म ‘मास्टर बमकाजी’ बन्ने घोषणा। ‘कबड्डी’ फिल्म श्रृंखलाका चार फिल्महरु प्रदर्शनमा आइसकेका छन्। सबै सफल पनि छन्। अब भने यो फिल्म श्रृंखलाले स्पीनअफको रुपमा ‘मास्टर बमकाजी’ बन्न लागेको छ।

सौगात मल्लले निभाइरहेको बमकाजीको भूमिका केन्द्रित रहेको यो फिल्म ‘कबड्डी’ फिल्म श्रृंखलामै भएका कथाहरुसँग जोडिएका उपकथाहरुमा आधारित हुने बताइएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता मल्ल नै हुनेछन् भने कबड्डीका कतिपय पात्रहरु भने यसमा अनुपस्थित हुने बताइएको छ।

स्पीन अफ अर्थात निरन्तर चलिरहेको फिल्म सिक्वेलभित्रको कुनै पात्र केन्द्रित वा घटना केन्द्रित फिल्म भएजस्तै बमकाजी पनि कबड्डीको कथासँग जोडिने तर नितान्त फरक विषयमा आधारित रहेर हुने फिल्मका निर्देशक रामबाबु गुरुङले बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *