बर एन्ड बधु बन्दै आचल र विवेक

 ग्लोबल टिभि           0

जेठ १४– नेपाली वैवाहिक संस्कारमाथि केन्द्रित चलचित्र बर एन्ड बधु को छायाँकन जेष्ठ महिनाको अन्तिमबाट रोमानियादेखि सुरु हुने भएको छ ।

कमेडी र प्रेमकथामा बन्ने चलचित्र ‘बर एण्ड बधु’लाई मिलन चाम्सले निर्देशन गर्ने तयारी गरेका छन् । आफ्नो चलचित्र बिदेशमा छायाँकन गर्ने निर्देशकका रुपमा निर्देशक मिलन चाम्स चर्चित छन् ।

यसै क्रममा उनले अर्को नयाँ चलचित्र ‘वर एण्ड वधु’को छायाँकन पनि बिदेशमा गर्ने भएका छन् । यस पटक उनी बर एन्ड बधु लिएर युरोप जाँदैछन् । नेपाली चलचित्रको बजार बिस्तारको लागि आफुले बिदेशमा छायाँकन गर्दै आएको र यो चलचित्र नेपालीसँगै हिन्दी भाषामा पनि निर्माण गरिने चाम्सले बताएका छन् ।

चलचित्र नेपाली वैवाहिक संस्कारमाथि केन्द्रित हुने निर्देशक चाम्सले बताएका छन् । नेपालसँगै यो चलचित्रको रोमानिया, फ्रान्स र इटालीमा पनि छायाँकन गरिने उनले बताएका छन् ।

यो चलचित्रमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्य वर र वधुको रुपमा मुख्य भूमिकामा हुने छन् । नव अभिनेता विवेक माला आर्टबाट अभिनयमा डिप्लोमा गरेर चलचित्रमा आएका हुन् । उनले यो चलचित्रको कथा निकै राम्रो भएका कारण बर एन्ड बधुमा आबद्ध भएको बताएका छन् ।

यी दुईसँगै यो चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्कासमेत मुख्य भूमिका हुनेछन् । जसमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुने निर्देशक चाम्सले बताएका छन् ।

एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ लाग्ने पनि निर्देशक चाम्सको भनाई छ । यो चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् । जसमा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन हुने भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *