चलचित्र ‘प्रकाश’को उत्साहजनक व्यापार: हाउसफूल हुँदा थपियो शो

 ग्लोबल टिभि      शनिबार, भदौ १८, २०७९      0

भदौ १८ –‘कबड्डी ४’ पछि हलहरूमा फिल्म ‘प्रकाश’ले उत्साहजनक व्यापार सुरू गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’का शनिबार २६ शो भन्दा बढी थिए ।

आज अधिकांश शोहरू हाउसफूल रहेको मल्टिप्लेक्स संघका उपत्यका अध्यक्ष सुरेन्द्रकुमार थापाले बताए । ‘बुटवल, पोखरा र नारायणघाटमा पनि व्यापार उत्साहजनक भएको छ । आइतबारबाट हामीले अझै शोहरू थपेका छौं,’ थापाले भने ।

 

दर्शकहरूको चाप बढ्दा पनि क्यूएफएक्सले साँझको शो नदिँदा प्रकाश टिम आक्रोशित बनेको थियो । ‘प्रकाश’ टिम रिसाएपछि साँझ क्यूएफएक्सले साढे पाँच बजेको शो थपेको पनि थियो ‌।

 

कर्णालीको कथा रहेको ‘प्रकाशमा अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयलाई दर्शकले रुचाएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *